×

सप्तरीको सुरुङ्गाबाट ९८ केजी गाँजा बरामद

images

सप्तरी ।  सप्तरीको सुरुङ्गा नगरपालिका–११ नयाँटोलस्थित बिहुल खोला नजिकैको बगैचाबाट साउन ३० गते करीव ९८ के.जी. गाँजा बरामद भएको छ ।

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म पातोबाट सशस्त्र प्रहरी नायव उपरीक्षक नरेन्द्र सिंह धामीको कमाण्डमा खटिएको सुरक्षा फौज र नेपाल प्रहरीको संयुक्त टोलीले उक्त स्थानमा ५ वटा पोकामा बेवारिसे अवस्थामा रहेको गाँजा बरामद गरेको हो । बरामद गाँजा आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाईएको छ ।  

 

शुक्रबार​ ३१ साउन २०८२ ०२:४६ PM मा प्रकाशित

प्रतिक्रिया