×

स्वस्तिक लघुवित्तको सर्वसाधारणका लागि आइपीओ बिक्री खुला

images

काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि आजदेखि आइपीओ बिक्री खुला भएको छ । 

नेपाल धितोपत्र बोर्डले स्वस्तिक लघुवित्तलाई जारी पुँजी ५ करोड ७७ लाख ५० हजार रुपैयाँको ४० प्रतिशतले हुन आउने २ करोड ३१ लाख बराबरको साधारण शेयर जारी गर्न अनुमति दिएको थियो । पहिलो चरणमा संस्थाले कुल निष्कासन १० प्रतिशतले हुन आउने १०० रुपैयाँ अंकित दरका कुल २३ हजार १०० कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीलाई बिक्री गरेको थियो ।

यसैगरी कुल २ लाख ३१ हजार कित्तामध्ये ०.५ प्रतिशतले हुन आउने १ हजार १५५ कित्ता शेयर कर्मचारीलाई र ५ प्रतिशतले हुन आउने ११ हजार ५५० कित्ता सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी १ लाख ९५ हजार १९५ कित्ता शेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो ।

यो आइपीओ लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ५ हजार कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखासँगै सीडीएससीको मेरो शेयरबाट खरिद आवेदन दिन सक्नेछन् ।

स्वस्तिक लघुवित्तको आइपीओ निष्कासन बन्द छिटोमा भदौ ३ गते र ढिलोमा भदौ १३ गते बैंकिङ समयपछि हुनेछ । स्वस्तिक लघुवित्तको आइपीओ बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ ।

शुक्रबार​ ३१ साउन २०८२ ०२:२९ PM मा प्रकाशित

प्रतिक्रिया