×

बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले गभर्नरलाई बुझायो अन्तिम प्रतिवेदन

images

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बनाएको बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले आफ्नो प्रतिवेदन गभर्नर प्रा. डा. विश्वनाथ पौडेललाई बुझाएको छ ।

राष्ट्र बैंकले बैंकिङ क्षेत्रको समग्र सुधार र सुदृढीकरणका लागि सुझाव पेश गर्ने उद्देश्यले डा. रेवतबहादुर कार्कीको संयोजकत्वमा कार्यदल बनाएको थियो ।

कार्यदलको सदस्यमा नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष भुवनकुमार दहाल सदस्य एवम् नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल सदस्य सचिव रहका थिए । कार्यदलले गभर्नर पौडेलसमक्ष असार २४ गते प्रारम्भिक प्रतिवेदन बुझाएको थियो ।

 

मङ्गलबार ३१ असार २०८२ ०१:५२ PM मा प्रकाशित

प्रतिक्रिया