काठमाडौँ, १ असार । फिफा विश्वकप २०२६ अन्तर्गतको रोमाञ्चक खेलमा युरोपेली टोली स्विडेनले सानदार प्रदर्शन गर्दै अफ्रिकी प्रतिद्वन्द्वी ट्युनिसियामाथि ५-१ को फराकिलो जित दर्ता गरेको छ। खेलको सुरुवाती समयदेखि नै आक्रामक रणनीति अपनाएको स्विडेनसामु ट्युनिसियाको रक्षापंक्ति निरिह देखिएको थियो।
स्विडेनको यो सानदार जितमा युवा तथा अनुभवी खेलाडीहरूको उत्कृष्ट तालमेल देखिएको थियो: युवा मिडफिल्डर यासिन अयारीले खेलभरि उत्कृष्ट खेल प्रदर्शन गर्दै टोलीका लागि महत्त्वपूर्ण दुई गोल गरे। प्रिमियर लिग र युरोपेली क्लब फुटबलमा तहल्का मच्चाइरहेका भरपर्दा स्ट्राइकर अलेक्जान्डर इसाक र तीव्र गतिका फरवार्ड भिक्टर ग्योकेरेसले समान एक-एक गोल थपे। प्रतिभावान मिडफिल्डर माटियास स्वानबर्गले पनि एक गोल गर्दै टोलीको जितलाई सुनिश्चित बनाए।
खेलको सुरुदेखि नै बलियो पकड बनाएको स्विडेनले चुस्त पासिङ र आक्रामक रणनीतिका कारण ट्युनिसियालाई लगातार दबाबमा राखेको थियो। ट्युनिसियाले खेलमा फर्किने केही प्रयास गरेता पनि स्विडेनको मजबुत रक्षापंक्ति (डिफेन्स) र चुस्त मिडफिल्डका कारण उसले एक सान्त्वना गोल मात्र फर्काउन सक्यो। यो फराकिलो जितसँगै स्विडेनले विश्वकपको अर्को चरणमा पुग्ने आफ्नो सम्भावनालाई निकै बलियो बनाएको छ भने लगातार गोल खाएपछि ट्युनिसियामाथि आगामी खेलहरूका लागि दबाब बढेको छ।
प्रतिक्रिया