×

दैलेखको नौमुले गाउँपालिकाको अध्यक्षमा माओवादीका छवि सुवेदी विजयी

images

दैलेख । दैलेखको नौमुले गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र विजयी भएको छ । माओवादीका केन्द्रका छवि सुवेदी ३२०० मत ल्याए अध्यक्षमा निर्वाचित भएका हुन् ।

सुवेदीका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भदे बुढामगरले २५४४ मत ल्याएका छन् भने तेस्रो भएका नेकपा एमालेका शसिराम विश्वकर्माले १९२० मत पाए । नौमुलेमा माओवादी र एकीकृत समाजवादीको गठबन्धन थियो ।

यस्तै,  गाउँपालिकाको उपाध्यक्षमा एकीकृत समाजवादीका गंगबहादुर शाही विजयी भएका छन् । उनले २८४३ मत पाए । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसकी अमृता सिंहले २४०५ मत ल्याइन् । तेस्रो भएकी एमालेकी गीत चन्दले १९१८ मत पाइन् ।

आइतबार​ १ जेठ २०७९ ०७:४९ AM मा प्रकाशित

प्रतिक्रिया