×

सहकारीका बचतकर्ताको प्रश्न– हामी गरिब, दुःखीको सुनुवाइ कहिले हुन्छ ?

images

काठमाडौं।सहकारीका बचतकर्ताको प्रश्न– हामी गरिब, दुःखीको सुनुवाइ कहिले हुन्छसहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले सोमबार काठमाडौंमा गरेको पत्रकार सम्मेलनका क्रममा सहकारी वचतकर्ताहरुले दुःखेसो पोखेका छन् ।

पत्रकार सम्मेलनका क्रममा बोल्दै एक सहकारी पीडित छोराछोरी पढाउँला भनेर जम्मा गरेको पैसा सहकारीले खाइदियो , घर परिवारले पनि सहकारीमा पैसा राखेर डुबाएको भन्दै तनाव दिन्छन् । ‘घरका सबैजना मैले नै पैसा डुबायो भन्छन्,’ ‘मैले त राम्रै होला भनेर राखेको थिए भन्दै पिडित हरुले आफ्नो कुराहरु आज पोख्दै, सहकारी पीडितहरुले सहकारीमा पैसा डुबेको कारण औषधी उपचार लगायत खान समस्या भएको गुनासो गरेका थिए ।

उनीहरुले आफूले दुःख गरेर जम्मा गरेको रकम खाएर हिँड्ने छुट कसैलाई नरहेको भन्दै सरकारले तत्काल कारबाहीको दायरामा ल्याउन माग गरेका छन् । उनीहरुले सरकारले गरिव जनताको दुःख नसुनेको आरोप लगाए ।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका अध्यक्ष कुश्लव केसीले आफूहरूले सहकारी पीडितहरूको पक्षमा यसअघि सरकारसँग गरेको सम्झौता अहिलेसम्म कार्यान्वयनको प्रयास भैरहेको र सहकारी पीडित बचतकर्ताहरुलाई न्यायका लागि मर्न पनि पछाडि नहट्न आह्वान गरे । बीचमा कसैसँग मिल्ने, झुक्ने र साँठगाँठ गर्ने काम नगर्न पनि उनले सबै अभियन्ताहरुलाई आग्रह गरे । सोझा साझा पीडित बचतकर्तालाई न्याय दिलाउन आफूहरु लागिरहने उनको भनाइ छ ।

नेपाल प्रहरीका पूर्व आईजीपी एवं नेकपा (एमाले) का नेता सर्वेन्द्र खनालले सहकारीका बचतकर्तालाई राज्यले र ठगहरूले पीडित बनाएको बताए । सहकारी पीडितहरूको समस्या समाधान गर्न अहिलेसम्म विभिन्न आयोग बनेको र सम्झौता भएका भए पनि कुनै पनि सरकारले कार्यान्वयन नगरेको उनले बताए । नेता खनालले सहकारी ठगहरूले लुट मच्चाउँदा पनि सरकार हेरेर बसेको बताए । सरकारमा रहेकाहरूले सहकारीका ठगहरूसँग साँठगाँठ गरेको उनको आरोप छ । 

जीवन चलाउने इन्धन हो पैसा । शौच गर्नसमेत पैसा तिर्नुपर्ने सहरमा दुःख गरेर आर्जेको रकम सहकारीले डुबाएपछि बचतकर्ताहरुको जीवन ठप्प भएको छ । ठप्प भएको जीवन फेरि चल्ने आशमा बसिरहे्का छन् बचतकर्ताहरु ।

सोमबार ३ बैशाख २०८१ ०६:४० PM मा प्रकाशित

प्रतिक्रिया