×

सतुङ्गलस्थित सशस्त्र प्रहरीको गोदाममा आगलागी

images


काठमाडौँ, २६ चैत ः काठमाडौँको चन्द्रागिरि नगरपालिका सतुङ्गलस्थित सशस्त्र प्रहरीको गोदाममा (स्टोर रुममा)  आगलागी भएको छ ।  उक्त आगलागी नियन्त्रणका लागि अहिले दमकल पुगेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले  जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सशस्त्र प्रहरीको सामान राख्ने (स्टोर रुममा) घरमा आगलागी भएको भन्ने खबर आएको छ, आगलागीको कारण भने खुलेको छैन, विस्तृत विवरण आउन बाँकी रहेको छ ।”

दमकल, प्रहरी तथा स्थानीयवासीको सहयोगमा अहिले आगो नियन्त्रणको प्रयास भइरहेको प्रवक्ता अधिकारीले बताउनुभयो ।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार सशस्त्र बलको केन्द्रीय स्टोरमा आगलागी भएको हो । त्यहाँ देशैभरका सशस्त्र प्रहरीका लागि चाहिने जिन्सी सामान राखिएको थियो ।

सोमबार २६ चैत २०८० ०६:५० PM मा प्रकाशित

प्रतिक्रिया