×

घट्यो पेट्रोलियम पदार्थको मूल्य

images

काठमाडौं। नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ। निगमले आज रातिदेखि लागु हुनेगरी पेट्रोल, डिजल र मट्टीतेलको मूल्य घटाएको हो।

शनिबार बसेको निगम संचालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ५  तथा डिजेल र मट्टीतेलको मुल्य प्रतिलिटर ४ रुपैयाँले घटाएको छ। घटेपछि काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रति लिटर १६३ र डिजल तथा मट्टीतेल प्रति लिटर १५१ भएको निगमले जनाएको छ।

शनिबार १ चैत २०८१ ०९:२८ PM मा प्रकाशित

प्रतिक्रिया