×

रुसका चारवटा सैन्य हेलिकप्टर खसालेको युक्रेनको दाबी

images

काठमाडौँ  : युक्रेनको सेनाले रुसको चारवटा सैन्य हेलिकप्टर खसालेको दाबी गरेको छ।त्यस्तै एउटा क्रुज मिसाइल र लडाकु विमान पनि खसालेको युक्रेनले दाबी गरेको छ।


सामाजिक सञ्जाल फेसबुकमार्फत युक्रेनको सेनाले उक्त जानकारी दिएको हो।  रुसले आक्रमण सुरु गरेको १९ औं दिनमा थप स्थानलाई आफ्नो कब्जामा लिन नसकेको युक्रेनको सेनाले बताएको हो। 


रुसले सेनाले युक्रेनको भूमिमा कब्जा जमाएको स्थानमा नियन्त्रण कायम राख्ने प्रयास गरेको थियो। युक्रेनको सेनाले मारिउपोल स्थित दक्षिणी क्षेत्रमा रहेको बन्दरगाहलाई रुसी सेनाबाट बचाउन सफल भएको बताएको छ।

त्यस्तै पछिल्लो समय रुसी सेनाले मनोबल निकै कमजोर बनेको युक्रेनको दाबी छ। 
 

मङ्गलबार १ चैत २०७८ ०१:५४ PM मा प्रकाशित

प्रतिक्रिया