×

सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समिति बैठक

images

सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । बुधबार बिहान ११ः३० बजे परामर्श समितिको बैठक बोलाएको सभामुख सापकोटाको सचिवालयले जनाएको छ । 

बुधबार दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बोलाइएको छ । त्यसअघि परामर्श समितिको बैठक बोलाइएको हो ।  एमसीसीमा दलहरुबीच राष्ट्रिय सहमति नबन्दा यसअघि पटक पटक प्रतिनिधि सभा बैठक स्थगित हुदै आएको थियो ।

मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाले सभामुख सापकोटालाई फोन गरी कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउन आग्रह गरेका थिए ।

 

मङ्गलबार ३ फागुन २०७८ ०५:४४ PM मा प्रकाशित

प्रतिक्रिया