×

एकै ठाउँबाट कृषि, पशु र आयुर्वेद सेवा

images

पाल्पा – पाल्पाको बगनासकाली गाउँपालिकाले एकै भवनबाट कृषि, पशु र आयुर्वेद सेवा दिन थालेको छ । स्थानीयवासीलाई सहज सेवा प्रवाह गर्ने गरी पालिकाले एक भवनबाट सेवा दिन सुरु गरिएको हो । 

यहाँको वडा नं २ र ३ लाई पायक पर्ने गरी कृषि, पशु तथा आयुर्वेदको एकीकृत सेवा शुभारम्भ गरिएको छ । विभिन्न ठाउँमा कार्यालय धाउँदा नगारिकले सास्ती खेप्नुपर्ने भएको हुँदा त्यसलाई दृष्टिगत गर्दै एकै ठाउँबाट सेवा प्रवाह गरिएको गाउँपालिकाका प्रवक्ता लक्ष्मीप्रसाद अधिकारीले बताउनुभयो । 

उहाँ भन्नुहुन्छ, ‘गाउँपालिकाले कर्मचारी र सेवाग्राहीमा आवश्यक समन्वय गरी सेवालाई थप प्रभावकारी बनाउने गरी प्राविधिक उपलब्ध गराउनेछ, एकीकृत सेवाले महत्त्वपूर्ण टेवा पुग्ने विश्वासका साथ थालनी गरिएको छ ।’ भौगोलिक कठिनाइका कारण विभिन्न ठाउँमा रहेका कार्यालयमा सेवा लिन जाँदा आवतजावतमा नागरिकले सास्ती भोग्दै आएका थिए । 

मङ्गलबार ३ फागुन २०७८ ०१:४३ PM मा प्रकाशित

प्रतिक्रिया