काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सभामुख अग्नि प्रसाद सापकोटालाई टेलिफोन गरी कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउन आग्रह गरेका छन् ।
देउवाले मंगलबार सभामुख सापकोटालाई टेलिफोन गरी प्रतिनिधि सभा बैठकका कार्यसूची तय गर्न समितिको बैठक बोलाउन आग्रह गरेका प्रधानमन्त्री निकट कांग्रेसका एक नेताले जानकारी दिए ।
प्रतिनिधि सभा बैठक बुधबार बस्ने तय भएको छ । तर कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नेरनबस्ने तय भएको छैन ।
प्रतिनिधि सभाको बैठकमा एमसीसी टेबुल हुने सम्भावना छ । कानुनमन्त्री दिलेन्द्र प्रसाद बडुका अनुसार भोलिकै बैठकमा एमसीसी टेबुल गरौं भन्ने प्रस्ताव कांग्रेसले गरेको छ ।
प्रतिक्रिया