×

सरकारी अस्पताललाई प्रभावकारी बनाउन आग्रह

images

बारा, ३ फागुन : प्रदेशिक अस्पताल कलैयामा  मिर्गाैलको विरामीलाई उपचार गर्न ‘डायलासिस’ र नवजात शिशु उपचार कक्ष ‘एसएनसियू’ सेवा सुरुआत गरिएको छ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार ती दुवै सेवाको शुभारम्भ गर्नुहुँदै सरकारी अस्पतालको सेवालाई अझ प्रभावकारी बनाउन आग्रह गर्नुभयो । 

आगामी दिनमा अस्पताललाई प्रदेशकै नमूना अस्पतालका रुपमा विकास गर्ने सोच प्रदेश सरकारको रहेको उहाँले जानकारी दिनुभयो ।  अस्पताल विकास समितिका अध्यक्ष प्रकाश चौगाईले अस्पतालमा स्वास्थ्यकर्मीको अभाव रहेको बताउनुभयो ।  अस्पतालका प्रमुख डाक्टर अजय गुप्ताले अस्पतालको सेवालाई विस्तार गर्दै जाने नीति रहेको जानकारी दिनुभयो । 
–––

बिहीबार ३ फागुन २०८० ०६:०३ PM मा प्रकाशित

प्रतिक्रिया