×

नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादनको बैठक जारी

images

काठमाडौैँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक चलिरहेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा केहीबेरअघि बैठक सुरु भएको कार्यालय सचिव एवं सूचना अधिकारी केशव रिजालले जानकारी दिए ।

गत बिहीबार सुरु भएको बैठकमा अधिवेशन गर्न बाँकी १६ जिल्लाको अधिवेशन गर्ने, म्याद समाप्त भएका भ्रातृ तथा सुभेच्छुक संस्थाको अधिवेशन गराउने विषयमा छलफल भइरहेको छ ।

छलफल सकिए बैठकका निर्णय आजै सुनाउने रिजालले बताए । बैठकको एजेन्डामा नभए पनि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसद सचिवालयमा दर्ता भएको महअभियोगबारे

पनि छलफल हुँदैछ । महाअभियोग दर्ता भइसकेपछि पार्टीको अबको राणनीतिबारे बैठकमा छलफल गर्ने कांग्रेसले जनाएको छ ।

कांग्रेसले यसअघि आजै बिहान बसेको संसदीय दलको बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) को पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले एमसीसी प्रस्ताव सदनमा अघि बढाउन आग्रह गरेका छन् ।

 

मङ्गलबार ३ फागुन २०७८ ०३:४६ PM मा प्रकाशित

प्रतिक्रिया