×

भरतपुर महानगरपालिका कार्यसम्पादनमा सर्बोत्कृष्ट

images

काठमाडौं । रेनु दाहालले नेतृत्व गरेको भरतपुर महानगरपालिका कार्यसम्पादनमा सर्बोत्कृष्ट भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मूल्यांकनमा चितवनको भरतपुर महानगरपालिका महानगरपालिकाहरुमध्ये उत्कृष्ट भएको हो । भरतपुर ७६।२ अंक प्राप्त गर्दै ६ महानगरपालिकामध्ये उत्कृष्ट भएको हो ।

विकासप्रेमी मेयरको छवि बनाएकी रेनुले भरतपुरको समग्र विकासमा महत्वपूर्ण योगदान पुर्याएकी छिन् । उनले राजनीतिक पूर्वाग्रह नराखिकन सो महानगरको विकास निर्माणमा आफूलाई खरो उतारेकी छिन् ।

आयोगको कार्यसम्पादन मूल्यांकनमा दोस्रो महानगर बनेको छ विराटनगर महानरपालिका । ७३.५ अंक प्राप्त गर्दै बिराटनगर महानगरपालिका दोस्रो बन्दा ६६.७ अंक प्राप्त गर्दै ललितपुर महानगरपालिका तेस्रो बनेको छ । विराटनगरका मेयर नागेश कोइराल हुन् । उनी नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् । यस्तै, ललितपुरमा पनि कांग्रेसकै चिरिबाबु महर्जन नेतृत्वमा छन् ।

यस्तै, ५४.३ अंक प्राप्त गर्दै काठमाडौं महानगरपालिका चौथो भएको छ । यो महानगरको नेतृत्वमा युवा मेयर बालेन्द्र शाह छन् । यस्तै,५१.५ अंक प्राप्त गर्दै पोखरा महानगरपालिका पाँचौ र सबैभन्दा कम ४३.१ अंक प्राप्त गर्दै पर्साको वीरगञ्ज महानगरपालिका अन्तिममा परेको छ । उता, पोखराको प्रमुखको जिम्मेवारीमा एकीकृत समाजवादीका धनराज आचार्य छन् । वीरगञ्जको मेयर भने जसपाका राजेशमान सिंह हुन् ।

शनिबार ३ फागुन २०८१ १०:५० AM मा प्रकाशित

प्रतिक्रिया