×

नेप्सेमा एकैदिन ५३ अंकको वृद्धि, कारोबार भने बढ्न सकेन

images

मंगलबार सेयर बजार परिसूचक नेप्सेमा ५३ अंक माथिको वृद्धि आएको छ । आइतबार १०१ अंकले घटेर सोमबार स्थिर जस्तै रहेको बजारमा तेस्रो दिन अर्थात् मंगलबार पुन: ५४ अंक माथिको वृद्धि आएको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन   नेप्से सूचक ५३.३० अंकले बढ्दै २७ सय ५४.२८ विन्दुमा उक्लिएको छ । यस दिन क वर्गको सेन्सेटिभ इन्डेक्स समेत १०.८३ अंकले बढेर ५२२.१३ विन्दुमा पुगेको छ ।

आज सबैजसो उपसूचक धनात्मक भएर सेयर बजारमा हरियाली छाएको छ ।
तर ५३ अंक माथिले बढेको बजारमा कारोबार रकम भने राम्रो हुन सकेन । ५३.३० अंकले बढेको बजारमा जम्मा तीन अर्ब २३ करोड ३३ लाख रुपैयाँको कारोबार भएको छ ।

 

मङ्गलबार ३ फागुन २०७८ ०३:३४ PM मा प्रकाशित

प्रतिक्रिया