×

पोखरा जहाज दुर्घटना ६२ वटा शव निकालियो

images

काठमाडौं । पोखरामा विमान दुर्घटनास्थलबाट अहिले सम्म   ६२ वटा शव निकालिएको छ । नेपाली सेनाको  अनुसार दुर्घटनास्थलबाट ६२ वटा शव निकालिएको हो । दुर्घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, पोखरा महानगर प्रहरीसहितका उद्धारकर्ताले  अहिले पनि खोज तथा उद्धार कार्यलाई जारी राखेका छन्। 

६८ जना यात्री र ४ जना चालक दलका सदस्यसहितको यती एयरको विमान पोखराको सेती नदीको खोचमा खसेको हो । २९ जनाको शव अस्पतालमा लगिएको छ । खोंचमा आगो बलिरहेको र धुवाँ आइरहेका कारण उद्दारमा कठिनाई भइरहेको सुरक्षाकर्मीहरुले जनाएका छन् ।

आइतबार काठमाडौंबाट पोखराका लागि उडेको यति एयर प्रालिको एनवाईटी–६९१, ९ एन–एएनसी विमान १० बजेर ५० मिनेटमा पोखरा टावरसँग सम्पर्कपछि दुर्घटना भएको थियो । विमानमा ६८ जना यात्रुसहित ४ जना चालक दलका सदस्य सवार थिए ।

आइतबार​ १ माघ २०७९ ०४:२५ PM मा प्रकाशित

प्रतिक्रिया