×

इनारमा खसेकी महिलाको जीवितै उद्धार

images

काठमाडौँ, १ माघ : ललितपुरको महालक्ष्मी नगरपालिका–२ इमाडोलस्थित एक घरको इनारमा खसेकी महिलाको जीवितै उद्धार गरिएको छ ।

लुगा सुकाउने क्रममा २८ वर्षीय नुतन प्रधान इनारको ढकन भत्किँदा इनारभित्र खसेकी थिइन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त प्रयासमा प्रधानलाई इनारबाट निकालिएको थियो ।  


 जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज कार्कीले  इनारभित्र खसेकी प्रधानको जीवितै उद्धार  गरिएको जानकारी दिनुभयो ।

प्रधानलाई  उपचारका लागि पाटन अस्पताल पठाइएको छ । प्रहरी उपरीक्षक कार्कीले महिलाको शरीरमा सामान्य घाउचोट लागेको र  अवस्था सामान्य रहेको बताउनुभयो ।

सोमबार १ माघ २०८० ०९:२४ PM मा प्रकाशित

प्रतिक्रिया