×

कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूलाई देउवाले डाके बूढानीलकण्ठ

images

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका मन्त्रीहरूलाई आफ्नो निवास बूढानीलकण्ठ बोलाएका छन्। बिहीबारका लागि देउवाले सबै मन्त्रीलाई बूढानीलकण्ठ बोलाएका हुन्। पार्टीबाट सरकारमा सहभागी मन्त्रीसँग सामूहिक छलफल गर्न देउवाले उनीहरूलाई बोलाएको बताइएको छ।

कांग्रेसबाट प्रकाशमान सिंहले उपप्रधान तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी लिएर सरकारमा नेतृत्व गरिरहेका छन्। एमाले अध्यक्ष ओली नेतृत्वको सरकारमा १० मन्त्री र दुई राज्यमन्त्री सहभागी छन्। सरकारले ६ महिना वित्दा पनि अपेक्षित रुपमा काम गर्न नसकेको गुनासो भइरहेका बेला देउवाले पार्टीका मन्त्रीलाई बोलाएर छलफल गर्न खोज्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

ओली नेतृत्वको सरकारमा कांग्रेसबाट उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहसहित गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, उर्जामन्त्री दीपक खड्का, खेलकुदमन्त्री तेजुलाल चौधरी, स्वास्थ्यमन्त्री प्रदीप पौडेल, पर्यटनमन्त्री बद्री पाण्डे, कानूनमन्त्री अजयकुमार चौरासिया, कृषिमन्त्री रामनाथ अधिकारी र वनमन्त्री ऐनबहादुर शाही ठकुरी तथा उर्जा राज्यमन्त्रीमा पूर्णबहादुर तामाङ र वन राज्यमन्त्रीमा रुपा विक सहभागी छन् ।

 
बुधबार २ माघ २०८१ ०१:४० PM मा प्रकाशित

प्रतिक्रिया