×

नेपाल राष्ट्र बैंकले चार महिनाको तथ्यांक सार्वजनिक गर्दै मुद्रास्फीति ५.३८ प्रतिशत

images

काठमाडौं । नेपाल राष्ट्र बैंकले कात्तिक महिनामा महंगी घटेको रिर्पोट सार्वजनिक गरेको छ । चार महिनाको तथ्यांक सार्वजनिक गर्दै वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.३८ प्रतिशत रहेको जनाइएको हो ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ८.०८ प्रतिशत थियो । राष्ट्र बैंकका अनुसार खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.०१ र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.८९ प्रतिशत रहेको छ ।रिर्पोटका अनुसार चिनी तथा चिनीजन्य वस्तुको १४.५९ प्रतिशत, फलफूलको १४.०१ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १२.०२ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको ११ प्रतिशतले बढेको छ ।

समीक्षा महिनामा घ्यू तथा तेल र तरकारी उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचाङ्क घटेको छ ।

 

बिहीबार २८ मंसिर २०८० ०२:१८ PM मा प्रकाशित

प्रतिक्रिया