×

श्रीमतीमाथी घरेलु हिंसाको आरोप लागेका पंकज चौधरी पक्राउ

images

काठमाडौ । दाइजो तथा श्रीमतीमाथी घरेलु हिंसाको आरोप लागेका महोत्तरी रामगोपालपुर–५ का डा पंकज चौधरी पक्राउ परेका छन् । 

दाइजोको निहुँमा श्रीमती नेहा चौधरीलाई कुटपिट गरी घरबाट निकालेको जाहेरीका आधारमा महोत्तरी प्रहरीले उनलाई मंगलबार पक्राउ गरेको हो । अहिले उनलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीको हिरासतमा राखिएको छ ।


श्रीमान् चौधरीविरुद्ध नेहाले एक साताअघि घरेलु हिंसा र दाइजोविरुद्धका दुई मुद्दा दायर गरेकी थिइन् । तीन वर्षको प्रेम पश्चात गत फागुनमा महोत्तरीकै औरही नगरपालिका १ की नेहा र डा पंकजबीच सामाजिक परम्परा अनुसार विवाह भएको थियो ।


विवाहको केही समयदेखि नै पर्याप्त दाइजो नदिएको निहुँमा श्रीमान् र परिवारले शारीरिक तथा मानसिक यातना दिन सुरु गरेको नेहाले आरोप छ । 

बुधबार २८ मंसिर २०७९ ०१:५० PM मा प्रकाशित

प्रतिक्रिया