×

मैले पार्टी, देश र जनताको शिर निहुरिने काम कहिल्यै गरेको छैन- अध्यक्ष ओली

images

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको बन्दसत्रमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उठाएका प्रश्नको जवाफ दिँदै आफूमाथि पार्टीभित्रैबाट नेतृत्व छोड्न दबाब आएकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् । उनले पोखरेलको आफ्नो निरन्तरताले पार्टी ध्वस्त हुने दाबीसँग असहमति जनाउँदै भने, ‘मैले पार्टी, देश र जनताको शिर निहुरिने काम कहिल्यै गरेको छैन ।’

images

एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल भन्छन ,सबै ध्वस्त भयो, बाह्य कारण हो कि आन्तरिक कारण हो भन्ने प्रश्नको निराकरण गर्नुपर्छ (यस्तो बन्नेछ केन्द्रीय कमिटीको संरचना)

काठमाडौं, । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई अब पार्टीको अभिभावक भएर बस्ने अध्यक्ष केपी शर्मा ओलीलाई सुझाव दिएका छन् । आज (आइतबार) जारी महाध...

ओलीले भने, ‘दुनिया र विरोधीहरूले लखेटेर गालीगलौज र सत्तोसराप गरेका बेला पार्टीभित्रका प्रिय कमरेडहरूले झन् माया र साथ दिनुपर्ने होइन र ? तर डोकोमा हालेर फाल्ने कुरा कसरी हुन्छ ?’आफू अझै १८ घण्टा खटेर काम गर्न सक्षम रहेको दाबी गर्दै ओलीले सबै मिलेर सर्वसम्मत नेतृत्व चयन गर्न प्रस्ताव राखेका छन् ।

images

एमाले महाधिवेशन ११ औँ महाधिवेशन- निर्वाचन कार्यतालिका सार्वजनिक, पुस १ गते मतदान

काठमाडौं । नेकपा एमालेले ११ औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । नेतृत्व चयनका लागि हिजोदेखि सुरु भएको महाधिवेशनको आज निर्वाचन तालिका सार्...

उनले जेनजी आन्दोलन र विध्वंसबारे विरोधीहरूले बनाएको भाष्य एमालेले स्वीकार नगर्ने पनि स्पष्ट पारे । अन्तमा ओलीले भने, ‘कुसमयमा मलाई फाल्न डोको खोजिन्छ भने पछि साथीहरूले ईश्वर कमरेडलाई भन्न सक्छन्- डोको फिर्ता लैजानुस्, तपाईँलाई पनि फाल्नुपर्छ । यदि मेरो तर्फबाट कुनै गल्ती भएको छ भने माफी चाहन्छु ।’

उनले भने, 'आत्मआलोचनाका नाममा अरुका एजेन्डा बोकेर हिँडेका छन्। हामी त्यही एजेन्डा बोकेर हिँडेका छौँ। तत्कालीन प्रधानमन्त्री (म) लाई कारबाही गर्नु पर्यो भनेर माग गर्ने ?' उनले आफूलाई कारबाहीको माग गर्ने कुरा विपक्षी पार्टी र मिडियाले समेत भन्न नसकेको अवस्थामा आफ्नै नेताहरूले दस्तावेजमा समेटेको भन्दै रोष प्रकट गरेको एक नेताले बताए । पोखरेलले सार्वजनिक रुपमै ओलीले जेनजी आन्दोलनबारे गठन भएको छानबिन समितिमा बयान दिनुपर्ने बताएका थिए । उनले कोही दोषी भए कारबाहीको भागीदार हुनुपर्ने समेत बताउँदै आएका छन् । 

तर ओलीले आन्तरिक असन्तुष्टिका बीच पनि आफू भाग्यमानी नेता भएको दाबी गर्न बैठकमा भ्याएको ती नेताले बताए । उनले भने, 'म भाग्यमानी लिडर हुँ। मैले नेतृत्व र कार्यकर्ताबाट असाधारण सहयोग पाएको छु।'

ओलीले महाधिवेशनको प्रक्रिया र कमिटीको हैसियतबारे पनि प्रष्ट पारे। उनले नयाँ नेतृत्व चयन भई शपथग्रहण नभएसम्म सबै जना केन्द्रीय कमिटी सदस्य कै हैसियतमा रहने जानकारी गराए।

आइतबार​ २९ मंसिर २०८२ ०८:१८ PM मा प्रकाशित

प्रतिक्रिया