×

एमाले महाधिवेशन ११ औँ महाधिवेशन- निर्वाचन कार्यतालिका सार्वजनिक, पुस १ गते मतदान

images

काठमाडौं । नेकपा एमालेले ११ औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । नेतृत्व चयनका लागि हिजोदेखि सुरु भएको महाधिवेशनको आज निर्वाचन तालिका सार्वजनिक भएको छ । एमाले केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको तालिकाअनुसार आज नै बेलुका ७ बजे मतदाता नामावली प्रकाशन हुनेछ ।

त्यस्तै, भोलि (मंसिर २९ गते) मतदाता नामावलीउपर दाबी विरोध, मतदाता नामावलीउपर परेको दाबी विरोधको सूचना प्रकाशन, दाबी विरोधउपर छानविन र निर्णय, अन्तिम मतदाता नामावली प्रकाशन, उम्मेदवारको दरखास्त फारम वितरण, उम्मेदवारको दरखास्त फारम दर्ता, उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन, उम्मेदवारको विरोध उजुरी दिने, उजुरीउपर छानविन र निर्णय, उम्मेदवारको नाम फिर्ता, उम्मेदवारको अन्तिम नामावली प्रकाशनको कार्यतालिका रहेको छ ।

त्यस्तै, पुस १ गते विहान ११ बजेदेखि ५ बजेसम्म मतदानको समय तोकिएको छ । मतदानपछिको मत गणना, निर्वाचनको परिणाम घोषणा, प्रमाणपत्र प्रदान, शपथ ग्रहणलगायतका कार्यक्रमहरु तालिकामा समावेश गरिएको छ ।

आइतबार​ २९ मंसिर २०८२ ०७:४१ PM मा प्रकाशित

प्रतिक्रिया