काठमाडौँ । धितोपत्र बोर्ड अध्यक्षका लागि आवेदन दिई संक्षिप्त सूचीमा परेका ३ उम्मेदवारलाई गृह मन्त्रालयले अन्तर्वार्तामा बोलाएको छ। मन्त्रालयअन्तर्गत गठित ‘नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्ने प्रयोजनका निमित्त नाम सिफारिस गर्नका लागि गठन भएको सिफारिस समिति’ले बिहीबार सूचना प्रकाशन गरी डा. नवराज अधिकारी, चिरञ्जीवी चापागाईँ र कृष्णबहादुर कार्कीलाई आगामी मंसिर ९ गते बिहान ८ बजे अन्तर्वार्ता दिन सिंहदरबारस्थित अर्थ मन्त्रालयमा आउन भनेको हो।
यसअघि अध्यक्षको नाम सिफारिस हुन नसकेपछि सरकारले नयाँ प्रक्रिया सुरु गर्न अर्को सिफारिस समिति बनाएको थियो । छनोटको सूचीमा परेका उम्मेदवार सन्तोषनारायणले नयाँ प्रक्रिया सुरु गर्ने कानुनी व्यवस्था नभएको भन्दै सर्वोच्च अदालतमा मुद्दा हालेका थिए । यसअघि असोज १८ गते बोलाइएको अन्तर्वार्ता सिफारिस समितिका संयोजक डा. शिवराज अधिकारी बिरामी भएपछि स्थगित भएको थियो । अब मंसिर ९ गते बिहान ८ बजेका लागि फेरि बोलाइएको हो ।
हेर्नुहोस् सूचना-
प्रतिक्रिया