×

हमास हस्तान्तरण गर्यो चार मृत बन्धकको शव, मृत बन्धकहरूमा नेपाली युवा विपिन जोशी पनि

images

काठमाडौँ । हमासले चार मृत बन्धकहरूको शव हस्तान्तरण गरेको छ । इजरायलको सेनाले हमासले गएराती चार मृत बन्धकको शव रेडक्रसमार्फत हस्तान्तरण गरेको जानकारी दिएको छ । साथै इजरायली सेनाले शवको डीएनए परिक्षण गरेपछि मात्र कसको शव हो भन्ने औपचारिक रुपमा जानकारी दिने बताएको छ ।

यद्यपी हमासको सैन्य शाखा, अल-कस्सम ब्रिगेड्सले चार मृत बन्धकहरूमा नेपाली युवा विपिन जोशी, इजरायल रक्षा बलका सिपाही डेनियल पेरेत्ज, योसी शाराबी र गाय इलोउज रहेको जानकारी दिएको थियो ।

२८ मृत बन्धकहरू मध्ये सोमबार केवल चार शवहरू रिहा गरिएको छ ।

अमेरिकाले मध्यस्थता गरेको सम्झौता अन्तर्गत, हमास र यसका सहयोगीहरूले युद्धविराम घोषणा भएको ७२ घण्टा भित्र अर्थात सोमबार दिउसोसम्म बाँकी रहेका सबै बन्धकहरूलाई, जीवित र मृत, रिहा गर्नुपर्ने शर्त भएपनि हमासले त्यसको अवज्ञा गरेको छ । यद्यपी हमासले आफुहरुले सम्झौताको शर्त पालना गर्न प्रतिबद्ध रहेको बताएको छ ।

 

मङ्गलबार २८ असोज २०८२ ११:०५ AM मा प्रकाशित

प्रतिक्रिया