×

नेप्सेमा सामान्य वृद्धि, ७ अर्ब ४६ करोडको कारोबार

images

काठमाडौँ । आज नेप्सेमा परिसूचकमा सामान्य वृद्धि भएको छ । नेप्से विहिबार २.६२ अंकले बढेर २७८८.३६ विन्दुमा पुगेको हो ।

आजको कारोबारमा विभिन्न ३२० कम्पनीका एक करोड ९२ लाख ५८ हजार ४४५ कित्ता शेयर ७ अर्ब ४६ करोड ४१ लाख ७७ हजार ७०४ मा किनबेच भएको नेप्सेले जनाएको छ ।

आज नेपाल रिपब्लिक मिडियाको शेयर सबैभन्दा बढी ९.९९  प्रतिशतले बढेको छ भने पन्च कन्या माई हाइड्रोको शेयर ५.५६  प्रतिशतले बढेको छ । त्यस्तै एनआइसीएफसीको ८.३१ प्रतिशतले घटेको छ । 

आज सबै भन्दा बढी कारोबार नेपाल रिइन्सुरेन्सको ४७ करोड १७ लाख र एनआरएन इन्फ्राइन्स्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको ४१ करोड ७७ लाखको कारोबार भएको नेप्सेले जनाएको छ ।

बिहीबार ३० साउन २०८२ ०८:१२ PM मा प्रकाशित

प्रतिक्रिया