×

राजवंशी समाज विधिवत रुपमा नेफिन , युएई मा आबद्ध

images

फलेन्द्र मगर /  दुबई 
युएई -१४ जुलाई नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) युएईको पाँचौं बैठकले कोच राजवंशी समाज युएईलाई महासंघमा औपचारिक रूपमा आबद्ध गर्ने निर्णय गर्दै आबद्धताको प्रमाणपत्र प्रदान गरेको छ।

यसअघि नेफिन युएईको चौथो बैठकमा राजवंशी समाजका महासचिव पञ्चु राजवंशी स्वयं उपस्थित भई नेफिन युएईका अध्यक्ष भगरथि कुमार भगत समक्ष संस्थाको आबद्धताका लागि आवेदन पेश गरेका थिए।

आवेदन प्राप्त भएपछि अध्यक्ष भगतले विधानअनुसार २१ दिनको दाबी–विरोधका लागि समय उपलब्ध गराएका थिए। उक्त अवधिभित्र कुनै पनि दाबी वा विरोध नपरेकाले गत आइतबार बसेको पाँचौं बैठकले सर्वसम्मत रूपमा आवेदन अनुमोदन गर्दै कोच राजवंशी समाज युएईलाई आबद्धताको प्रमाणपत्र प्रदान गरेको हो।

यस अवसरमा अध्यक्ष भगरथि कुमार भगतले नेफिन युएई परिवारमा अर्को एक जातीय संस्था कोच राजवंशी समाज युएई आबद्ध भएकोमा खुशी व्यक्त गर्दै यसले युएईमा रहेका आदिवासी जनजाति समुदायबीचको एकता, सहकार्य र संस्थागत सुदृढीकरणमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे।

मङ्गलबार ३० असार २०८३ ०८:५६ PM मा प्रकाशित

प्रतिक्रिया