×

सुनको मूल्यमा प्रतितोला ५०० रुपैयाँको गिरावट

images

काठमाडौँ।  सोमबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । आइतबार बढेर कारोबार भएको सुनको भाउ सोमबार भने घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ५०० रुपैयाँले घटेको छ ।

आइतबार प्रतितोला एक लाख दुई हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनलाई आज एक लाख दुई हजार ३०० रुपैयाँ पर्नेछ भने एक लाख दुई हजार ३०० रुपैयाँ पर्ने तेजावी सुनलाई आज एक लाख एक हजार ८०० रुपैयाँ पर्नेछ । 

यता, चाँदीको मूल्यमा पनि प्रतितोला १० रुपैयाँको गिरावट आएको महासंघले जनाएको छ । आइतबार प्रतितोला एक हजार ४२५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार एक हजार ४१५ रुपैयाँमा कारोबार हुनेछ ।

सोमबार ३० फागुन २०७८ १२:२० PM मा प्रकाशित

प्रतिक्रिया