×

सहकारीपीडितहरुले आज काठमाडौं उपत्यकामा प्रदर्शन

images

काठमाडौं   सहकारी पीडितले आज काठमाडौंमा प्रदर्शन गरेका छन् । माइतीघरबाट निकालेको  जुलुस नयाँ बानेश्वरमा पुगेर सभामा परिणत भएको थियो ।

यसक्रममा सहकारी पीडितहरुले सडकमा अवरोध पु¥याएको भन्दै प्रहरीले हस्तक्षेप गर्दा झडप भएको छ । र्‍याली निकाल्ने क्रममा माइतीघर क्षेत्रमा केहीबेर सडक अवरुद्ध भएको थियो । प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ ।

उनीहरूले सहकारीमा बचत गरेको रकमको ग्याण्टी हुनुपर्ने, साँवा र व्याजसहित फिर्ता गर्नुपर्ने भन्दै माइतिघर-बिजुली बजार सडकमा प्रदर्शन गरेका हुन् ।

सहकारी पीडितले आज बिहान सिंहदरबार घेराउ गर्नुका साथै नयाँ बानेश्वरस्थित सहरकारी विभागमा ताला लगाएका थिए ।

बिहीबार १ चैत २०८० १२:३४ PM मा प्रकाशित

प्रतिक्रिया