×

पछिल्लो २४ घन्टामा थप ५८ जनामा कोरोना संक्रमण

images

 

काठमाडौं  पछिल्लो २४ घन्टामा थप ५८ जनामा कोरोना संक्रमण देखिएको छ। ५४१८ नमूनाको परीक्षण गर्दा ५८ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या  मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सोमबार थप १४८ जना डिस्चार्ज भएका छन्।

३५३९ जनाको पीसीआर र १८७९ जनाको एन्टिजेन  विधिबाट परीक्षण गरिएको थियो। जसमध्ये पीसीआरबाट ५० र एन्टिजेन विधिबाट ८ जनामा संक्रमण देखिएको हो।

आज कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ९२ हजार ४८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। हाल कोरोना सक्रिय संक्रमितको संख्या ४८१९ रहेको मन्त्रालयले जनाएको छ।

सोमबार ३० फागुन २०७८ ०४:४१ PM मा प्रकाशित

प्रतिक्रिया