×

नेपाल र आयरल्यान्ड भिड्दै

images

काठमाडौँ — ओमानमा जारी चारदेशीय टी–ट्वान्टी सिरिजअन्तर्गत अन्तिम खेलमा नेपालले सोमबार आयरल्यान्डको सामना गर्दैछ ।

नेपाल र टेस्टराष्ट्र आयरल्यान्डबीचको खेल ओमनको अल अमरेत क्रिकेट मैदानमा नेपाली समयानुसार अपराह्न ३स् ४५ मा सुरु हुनेछ । सिरिजअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले आयोजक ओमानलाई ६ विकेटले पराजित गरेको थियो ।


त्यस्तै दोस्रो खेलमा भने नेपाल संयुक्त अरब इमिरेट्स ९युएई० सँग २५ रनले पराजित भएको थियो । आयरल्यान्डले पनि पहिलो खेलमा ओमानलाई नौ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा आयरल्यान्ड युएईसँग १३ रनले पराजित भएको थियो ।

यस आयरल्याडसँगको खेलसँगै नेपालको आइसिसी टि ट्वान्टी विश्वकप ग्लोबल छनोट ‘ए’ को सम्पूर्ण तयारी पूरा हुनेछ ।

सोमबार २ फागुन २०७८ ०२:११ PM मा प्रकाशित

प्रतिक्रिया