काठमाडौँ : नेकपा एमाले अध्यक्ष केपी शर्मा अोलीले आफूहरुले अहिले आवेशमा निर्णय नलिने बताएका छन् । उनले आवेश र उत्तेजनामा आएर आफूहरुले निर्णय नलिने बताएका हुन् ।
सोमबार बानेश्वरमा रहेको संसद भवनमा संंसदीय दलको बैठकमा सम्बोधन गर्दै ओलीले विवेकपूर्ण निर्णय लिने बताएका हुन् ।
सत्तारुढ गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाअभियोग प्रस्ताव ल्याएपछि एमालेले आकस्मिक रुपमा बैठक बोलाएको थियो । एमालेले पनि यसको काउन्टरमा सर्वोच्चका चार न्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने तयारी गरेको बताइएको छ ।
तर, यस विषयमा आफूहरुले सोचेर निर्णय लिने ओलीले बताएका हुन् । ‘लोकतन्त्र र संविधानका लागि आवश्यक निर्णय लिन्छौँ,’ ओलीले भनेका छन् ।
प्रतिक्रिया