×

सुनचाँदीको भाउ स्थिर, अन्तरराष्ट्रिय बजारमा भने बढ्यो

images

सोमबार सुनचाँदीको भाउ स्थिर रहेको छ । फागुन २ गते, छापावाल सुन प्रतितोला ९५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजाबी सुन प्रतितोला ९५ हजार रुपैयाँ कायम रहेको छ । आइतबार भने सुुन तोलामा नै एक् हजार ५०० रुपैयाँले बढोत्तरी भएको थियो ।

सोमबार चाँदी पनि आइतबारकै भाउमा खरिदबिक्री हुँदैछ । महासंघको तथ्यांक अनुसार यस दिन चाँदी प्रतितोला एक हजार ३०० रुपैयाँ कायम रहेको छ । अघिल्लो कारोबार दिन भने चाँदी तोलामा २० रुपैयाँले बढेको थियो ।

अन्तरराष्ट्रिय बजारमा भने सुन दिनहुँजसो उकालो लागिरहेको छ । यो समाचार तयार पार्दासम्म सुन प्रति अउन्स एक हजार ८५३ डलर बराबरमा किनबेच हुँदैछ । यस्तै चाँदीको मूल्य प्रति अउन्स २३ डलर पुगेको छ ।

 

सोमबार २ फागुन २०७८ ०३:१४ PM मा प्रकाशित

प्रतिक्रिया