×

सिरहामा राजनीति प्रतिसोधका घटनाहरु दिन प्रतिदिन बढदै

images

महेश सिंह

सिरहा लहान  - सिरहामा राजनीति प्रतिसोधका घटनाहरु दिन प्रतिदिन बढदै गएका छन्। लहान नगरपालिका वाडा नम्बर ५ बस्ने  मोहम्मद नौसाद मियाँले बिगत ३ महिना देखि वाडा कार्यालयमा कार्यालय सहयोगीको काम गर्दै आएका छन्।

काम गरेको पैसा माग्न जादाँ आफू माथि कुटपिट भएको नौसाद मियाँले आरोप लगाएका छन्।आफू निरन्तर ३ महिना देखि  कार्यालयको काम गर्दै आएको छु भन्दै तलब माग्न जादाँ वाडा सचिब कृष्ण मोहन साह र स्थानीय ईसराईल सिद्दिकी बाट आफु कुटीएको पीडित मियाँले आरोप लगाएका छन्।

यता वाडा नम्बर ५ का अध्यक्ष सुलेमान मियाँ अन्सारीका अनुसार कार्यालय सहयोगी नौसाद मियाँले गाउँका छिमेकी केटा टुना भनिने असलम मियाँ संग झगडा गरेका थिए। आफू कार्यालयमा न भएको बेला कार्यालयमा एकासी आएर कुर्सी, टेबुल,अफिसको कागजात समेत बाहिर फालेको उनको आरोप रहेका छन्।


अध्यक्ष मियाँका अनुसार आफुलाई फसाउन उक्त केटालाई बाहिर टाउको फुटाएर कार्यालयमा पठाएको थियो। तर संयोगले आफू कार्यालय बाहिर रहेको बताए। काङ्ग्रेस र माओवादीका नेताहरुले म प्रति असन्तुष्ट रहेको छ ऊनीहरुले चुनावको मुखमा आएर आफुलाई फसाउन लगेको पत्रकार समेलनमा बताए।

अध्यक्षका अनुसार घटनाको विषयमा ईलाका प्रहरी कार्यालय  लहानका इन्चार्ज तथा  DSP डाक्टर तपन कुमार दहाले कुनै चासो न लिएको अध्यक्ष मियाँको आरोप रहेको छन्। उल्टै म लगायत  सचिब कृष्ण मोहन साह,जनार्धन प्रसाद साह ,राजा मेस्तर,इसराईल सिद्दिकी लगायत पाँच जना माथी मुद्दा दर्ता गराएका छन्।नैसाद मियाँले स्थानीय साईकल पस्ले संग चक्कु माग्दा उनले दिन नमाने पछि आफैले ईटा लिएर टाउको फुटाएको प्रत्यक्ष दर्शी बिहारी शहनीले बताए।

आरोपित इसराईल सिद्दिकीका अनुसार नौसाद मियाँले आफैंले टाउँको फुटाएर मेरो माथी पनि प्रहरी कार्यालयमा उजुरी हालेको छ्। पछिल्लो समय पनि तेहि नौसाद भन्ने ब्यक्तिले समाजका सोझा सिधा मान्छेहरु माथी ज्यान मार्ने मुद्दा दर्ता गराएका थिए। आफुहरु पुर्ण रूपमा निर्दोष रहेको उनले बताए।

सोमबार २ फागुन २०७८ ०८:१७ PM मा प्रकाशित

प्रतिक्रिया