×

०.०८ अंकले बढ्यो नेप्से

images

काठमाडौं– साताको दोस्रो कारोबार दिन आज (सोमबार) भने सेयर बजार सामान्य अंकले बढेको छ। सोमबार सेयर बजार परिसूचक (नेप्से) ०.०८ अंकले बढेर २७००.९८ बिन्दुमा पुगेको छ। 


सातको पहिलो कारोबार दिन आइतबार भने नेप्से १०० अंकभन्दा बढीले ओरालो लागेको थियो। 

आज सेयर बजारमा ३ अर्ब ६८ करोड ४० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जानकारी दिएको छ। आइतबारको तुलनामा सोमबार कारोबार रकम भने घटेको छ। 

आइतबार सेयर बजारमा ५ अर्ब ९७ करोड रुपैयाँको सेयर कारोबार भएको थियो।  आज कारोबारमा आएका १३ समूहमध्ये सात समूहको सेयर मूल्य बढेको छ।  बाँकी समूहको सेयर मूल्य ओरालो लागेको छ। 

आज कारोबारमा आएका १२४ कम्पनीको सेयर मूल्य बढेको छ। यसैगरी ९१ कम्पनीको सेयर मूल्य घटेको छ। १२ कम्पनीको सेयर मूल्य स्थिर रहेको नेप्सेले जानकारी दिएको छ।

सोमबार २ फागुन २०७८ ०३:३७ PM मा प्रकाशित

प्रतिक्रिया