×

प्रकास दाहाल स्मृती राष्ट्रिय ब्याडमिन्ट -- प्रिन्स र रसिलालाई उपाधी

images


काठमाडौं। एपिएफका प्रिन्स दाहाल र त्रिभुवन आर्मीकी रसिला महर्जन प्रथम प्रकास दाहाल स्मृती राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता २०८० को उपाधी हात पार्न सफल भएका छन् ।
स्पोर्टस् हवको आयोजनामा भएको प्रतियोगिताको पुरुष एकल तर्फ प्रिन्सले आर्मीका प्रफुल महर्जनलाई २–० को सोझो सेटमा पराजित गर्दै उपाधी उचालेका हुन् । पहिलो सेट २१–१६ ले जितेका प्रिन्सले दोश्रो सेटमा पनि प्रफुललाई २१–१६ मा नै रोक्दै उपाधीलाई आफ्नो नाममा लेखाउन सफल भए । एपिएफका देव राज राना र नेपाल पुलिसका बिष्णु कटुवालले तेश्रो स्थानमा चित्त बुझाए ।
यस्तै महिला एकल तर्फ रसिलालले आफ्नै क्लबकी अनुमाया राई माथि सहज जित निकाल्दै उपाधी उचालिन् । पहिलो सेटमा अनुलाई २१–३ ले हराएकी रसिलाले दोश्रो सेट २१–१४ ले पराजित गरेकी हुन् । आर्मीकी अमिता गिरी र कस्तुरी कलेजकी सिमा राजबंशी संयुक्त तेश्रो भए ।
बौद्ध लाखेपोखरीस्थित आयोजकको आफ्नै कभर्डहलमा भएको प्रतियोगिताको स्थानिय तर्फ आयोजक स्पोर्टस् हवका अनुज तामाङ्ग र सुमित थोकरले जित हात पारे । अनुज र सुमितको जोडीले स्पोर्टस् हवकै अनिष गुरुङ्ग र रमेश ठकुरीको जोडीलाई १८–२१, २१–११, २१–१३ ले पराजित गर्दै प्रथम स्थान हात पार्न सफल भएका थिए । तेश्रो स्थानमा ध्रुव खत्री र लाक्पा तामाङ्गको जोडी तथा अश्मिल शाही र लाक्पा शेर्पाको जोडी संयुक्त तेश्रो भए ।
पुुरुष शिर्ष २० बरियता बाहेकको युगल तर्फ आयोजकका अभिषेक गुरुङ्ग र निश्चल खत्रीको जोडी तथा कास्कीका बिधान अधिकारी र आर्मीका पविन लिनथेप विच भएको प्रतिस्पर्धामा अधिकारी र लिनथेपको जोडीले २१–१४, २१–१९ को जित निकाल्दै उपाधी उचाले । तेश्रो स्थानमा एपिएफका भोज बहादुर गुरुङ्ग र सन्तोष पनेरुको जोडी तथा बिवेक कन्दङ्गवा र नेल्सन राईको जोडी संयुक्त तेश्रो भए ।
भेट्रान्स ३५ बर्ष माथिको खेलमा कास्कीका विशाल खड्का र आर्मीका सुरोज महर्जनको जोडीले उपाधी उचाले । खड्का र महर्जनको जोडीले आयोजकका आकास छन्त्याल र आङ्ग कुसाङ्ग शेर्पाको जोडीलाई २१–११, २१–१४ ले पराजित गर्दै उपाधी प्राप्त गरेका हुन् । तेश्रो स्थानमा चितवनका विद्वान गुरुङ्ग र अमर रायमाझीको जोडी तथा पिस फिटनेश सेन्टरका संजय कपाली र अनिल थाम्सुहाङ्गको जोडी रहे ।
४५ बर्ष माथिको प्रस्पिर्धामा चन्द्रागिरी ब्याडमिन्टन क्लबका हरि खत्री र राजकुमार पोखरेलको जोडीले पिस फिटनेश सेन्टरका संजय कपाली र अनिल थाम्सुहाङ्गको जोडी माथि जित निकाल्दै उपाधी हात पारे । खत्री र पोखरेलको जोडीले कपाली र थाम्सुहाङ्गको जोडी माथि २१–१४, २१–१८ को जित निकालेका हुन् । गण्डकीका तिलक छन्त्याल र हिरा रोका तथा एपिएफका धिरेन्द्र चन्द र टोखाका टिका थापा मगरको जोडी संयुक्त तेश्रो भए ।
बिजयी खेलाडीलाई पूर्व मन्त्री एवं नेकपा एमालेकी नेतृ पम्फा भुषालले पुरस्कार वितरण गरेकी थिईन् ।
करिव २५ लाखको लागत रहेको प्रतियोगितामा बिजेता, उपबिजेता एवं तृतीय स्थान प्राप्त गर्ने खेलाडीहरुले नगद ४५ हजार, २५ हजार र १० हजार सहित मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गरे ।
ब्याडमिन्टन संघको मान्यता प्राप्त बरियता सहितको राष्ट्रिय प्रतियोगितामा पुरुष एकल, महिला एकल, पुरुष युगल (शिर्ष २० बरियता बाहेक), स्थानिय स्तर, मास्टर्स युगल ३५ बर्ष माथी र ४५ बर्ष माथी गरि ६ विधामा प्रतिस्पर्धा भएको थियो ।

आइतबार​ २९ पुस २०८० १०:१८ AM मा प्रकाशित

प्रतिक्रिया