×

सहकारी ठगी प्रकरण- रवि लामिछानेसँग लिखित बयान सुरु

images

बुटवल । पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग आज जिल्ला सरकारी वकिलको कार्यालयमा रुपन्देही बयान सुरु भएको छ । मंगलबार दिउँसो भैरहवा ल्याएका लामिछानेसँग मौखिक प्रश्न सोधिएकोमा आज बिहान साढे १० बजेदेखि लिखित बयान लिन सुरु गरिएको रुपन्देही प्रहरीले जानकारी दिएको छ ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका पूर्वगृहमन्त्री लामिछानेलाई मंगलबार दिउँसो रुपन्देही (भैरहवा) पुर्‍याइएको थियो। हिजो सुरु गरिएको लामिछानेको बयानलाई आज पनि निरन्तरता दिइएको जिल्ला न्यायाधिवक्ता पौडेलले बताए। 

आज बयान सक्ने गरी प्रहरीले तयारी गरेको छ। बयानका लागि जिल्ला न्याधिवक्ता प्रेमराज पौडेल, बुटवलका डीएसपी विजय पण्डित र अनुसन्धान अधिकृत बसेका छन् ।

लामिछानेलाई जिल्ला अदालत कास्कीले आइतबार थप १३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई पहिलोपटक कात्तिक ४ गते ५ दिनको म्याद थप गरेको थियो भने पुनः दोस्रोपटक ७ र तेस्रो पटक १० दिनको म्याद थप भएको थियो।

लामिछानेविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गरिरहेको छ।

प्रहरीले सहकारी ठगि मुद्दामा बढीमा २५ दिन, संगठित अपराधमा बढीमा ६० दिन र सम्पत्ति शुद्धीकरण मुद्दामा बढीमा ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानुनी व्यवस्था रहेको छ।

बुधबार २८ कात्तिक २०८१ १२:०४ PM मा प्रकाशित

प्रतिक्रिया