×

दायित्व वाङ्मय प्रतिष्ठानद्वारा तीन पुरस्कारको निर्णय

images

काठमाडौँ ।   दायित्व वाङ्मय प्रतिष्ठान, नेपालको कार्यसमितिको हालै बसेको बैठकले २०८० सालका तीन पुरस्कारका लागि प्रतिभाहरूको निर्णय गरेको छ ।          

यस वर्षको 'शङ्कर कोइराला आख्यान पुरस्कार' आख्यानकार नारायण ढकाललाई, 'कुमार-सरस्वती पुरस्कार' समालोचक प्रा. डा. दयाराम श्रेष्ठलाई र 'चूडामणि व्याकरण-कोश पुरस्कार' शरद्चन्द्र वस्तीलाई अर्पण गर्ने निर्णय गरिएको छ ।  क्रमशः दुई पुरस्कारको राशी रु. २५,०००/-(पच्चीस हजार रुपैयाँ) रहेको छ भने 'चूडामणि व्याकरण-कोश पुरस्कार'को राशी रु. ५१,१११/- (एकाउन्न हजार एक सय एघार रुपैयाँ) रहेको छ ।          

कोशकार तथा भाषाव्याकरणका क्षेत्रमा योगदान गर्नुभएका श्री चूडामणि गौतमले शब्दकोश लेखन तथा नेपाली व्याकरणका क्षेत्रमा योगदान गर्ने एक जना साधकलाई प्रदान गर्ने गरी दायित्व वाङ्मय प्रतिष्ठान, नेपालमा रु. ८,००,०००/- (आठ लाख रुपैयाँ) अक्षयकोषको स्थापना गर्नुभएको छ ।          

'शङ्कर कोइराला आख्यान पुरस्कार' आख्यानकार शङ्कर कोइरालाको नाउँमा स्थापित पुरस्कार हो भने 'कुमार-सरस्वती पुरस्कार' समालोचक प्रा. डा. कुमारबहादुर जोशी र उहाँकी धर्मपत्नीका नाउँमा स्थापित पुरस्कार हो ।          

यी पुरस्कारहरू आगामी २०८० मङ्सिर ९ गते शनिबार काठमाडौँमा एक समारोहको आयोजना गरी अर्पण गरिने छन् । 

Seen by Chhabi Raman Silwal at Sunday 3:25pm

Enter

Write to Chhabi Raman Silwal

 

सोमबार २७ कात्तिक २०८० ०१:१२ PM मा प्रकाशित

प्रतिक्रिया