×

साप्ताहिक राशिफल- २०७९ कार्तिक २७ गतेदेखी मङ्सिर ३ गते सम्म

images

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

मेष राशिका लागि यो साता शुभ रहेको छ । साताको शूरुवात मा नै चन्द्रमाको गोचर तृतिय भावमा रहने हुनाले कुनै पनि कार्यमा तपाईको साहस तथा पराक्रम बलियो रहने छ । यो साता आम्दानी बढ्नेछ । व्यापार व्यवसाय बाट उचित लाभ हुनेछ । पारिवारिक सम्बन्ध सुमधुर रहनेछ । प्रेम सम्बन्ध पनि यो साता सुमधुर रहनेछ । विद्यार्थीका लागि हेर्दा पढाईमा कमजोरी हुन सक्ने देखिन्छ । मन अस्थिर रहनाले पढाई विग्रन सक्नेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

साताको शुरुमा चन्द्रमाको गोचर धन स्थानमा रहनेछ। यो साता व्यापार व्यवसाय बाट प्रशस्त धन आर्जन हुनेछ । बोलीको प्रभाव बढ्नेछ । परिवार तथा साथीभाई सँग रमाईलो एवं मनोरञ्जनात्मक कार्य मा संलग्नता हुनेछ । सामाजिक कार्यमा मन जानेछ भने ईज्जत र प्रतिष्ठा समेत बढ्नेछ । साझेदारीका कार्यबाट लाभ हुनेछ । अध्ययन अध्यापन कार्य कमजोर रहनेछ । विद्यार्थीका लागि प्रतिकुल रहेको छ । नोकरी गर्नेहरुका कार्य स्थलमा सहयोगी बातावरण प्राप्त हुनेछ । प्रेम तथा पारिवारिक जिवन सामान्य रहनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

मिथुन राशिका लागि यो साता शुभ रहेको छ । साताको शुरुमा चन्द्रमाको गोचर पहिलो घरमा रहने हुनाले आत्मविश्वास एवं आत्मसम्मान बलियो रहनेछ । तपाईको कार्यको प्रशंसा हुनेछ । यो साता आर्थीक अवस्था मिश्रित रहनेछ । साथी भाई सँग रमाईलो भेटघाट हुने एवं सहकार्य हुने अवसर जुट्नेछ। व्यापार व्यवसायमा लगानी अनुसार प्रतिफल मिल्न सहि योजनाका साथ निरन्तर परिश्रम आवश्यक छ । प्रेम तथा पारिवारिक जिवन सुमधुर रहनेछ । विद्यार्थीको पढाईमा विभिन्न कारण बस वाधा आउन सक्नेछ । सकारात्मक सोच का साथ परिश्रम गर्नु आवश्यक छ । आफना आफन्तको सहयोग बाट महत्वपुर्ण कार्यमा सफलता मिल्नेछ । यो साता प्रेम सम्बन्ध सुमधुर रहनेछ । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

कर्कट राशिका लागि यो साता मिश्रित रहनेछ। आईतबार र सोमबार बाह्रौं भावमा चन्द्रमाको गोचर बाट साताको शुरुवात हुनेछ । जसले गर्दा तपाईको यो साता नसोचेको क्षेत्रमा खर्च हुन सक्नेछ । काममा बढि दौडधुप हुने तर उपलब्धि भने कम हात लाग्नेछ। मंगलबार देखि भने अवस्थामा सुधार हुनेछ तपाईको नोकरीमा सफलता मिल्नेछ । कार्यस्थलमा सकारात्मक वाताबरण कायम हुनेछ । बौद्धिक क्रियाकलापमा चासो बढ्नेछ । नयाँ सवारी साधन जोड्ने योग छ । व्यापार व्यवसायमा विस्तार हुनेछ । प्रेम तथा पारिवारिक जिवन सकारात्मक रहनेछ । सोमबार र मंगलबार भने अनावश्यक खर्च बढ्ने र चिन्ता बढ्ने देखिन्छ । विद्यार्थीको पढाई बाहेक का गतिविधिमा मन जान सक्नेछ । सचेत रहनुहोला । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

साताको शुरुमा लाभ स्थान मा चन्द्रमाको प्रभाव रहने हुनाले यो साता व्यापार व्यवसाय बाट प्रशस्त आम्दानी हुने देखिन्छ । आत्मविश्वास एवं आत्मसम्मान उच्च रहनेछ । नोकरीमा सफलता मिल्नुका साथै सामाजिक कार्यबाट ईज्जत र प्रतिष्ठा समेत बढ्नेछ । व्यापार व्यवसाय बाट उचित मुनाफा आर्जन हुनेछ । परिवारमा मेलमिलाप र एकता कायम हुनेछ । आफ्नो जिवन साथि बाट भने उचित साथ र सहयोग प्राप्त हुनेछ । विद्यार्थीको पढाइमा कमजोरी देखिन सक्ने हुनाले बढि ध्यान दिनु आवश्यक छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

कन्या राशिका लागि यो साता उत्तम रहने देखिन्छ । कर्म स्थानमा चन्द्रमा को गोचर बाट साताको शूरुवात हुनाले यो साता नोकरी गर्ने हरुका लागि शुभ समय रहनेछ । सामाजिक एवं आध्यात्मिक कार्यमा मन जानेछ । सामाजिक मान प्रतिष्ठा बढ्नेछ । साथीभाईको साथ र सहयोग ले आत्मविश्वास बढ्नेछ । यो साता व्यापार व्यवसाय मा सकारात्मक समय रहनेछ । आम्दानी बढ्नेछ । परिवारमा मेलमिलाप र शान्ति कायम हुनेछ । प्रेम सम्बन्ध पनि सुमधुर रहनेछ । आफ्नो प्रेमी सँग देखिने मनमुटावहरु छिटै समाधान हुनेछन्।  

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

तुला राशिका लागि यो साता शुभ रहेको छ । साताको शुरुवातमा नै चन्द्रमा को गोचर नवम भावमा रहने हुनाले आफुले गर्ने हरेक कार्यमा भाग्यले साथ दिनेछ । आर्थिक अवस्था सकारात्मक रहनेछ । व्यापार व्यवसाय बाट पनि उचित लाभ मिल्नेछ । कार्य स्थलमा तपाईको कार्यको प्रशंसा हुनेछ । सन्तान बाट सुख हुनेछ । त्यसैगरि धन बचत हुनेछ । बिद्यार्थीको पढाईका लागि उत्तम साता रहेको छ । प्रेम तथा पारिवारिक जिवन पनि सुखद रहनेछ । परिवारका सदस्य सँग रमाईला पलहरु बिताउन सक्नुहुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

वृश्चिक राशिका लागि यो साता मिश्रित रहने देखिन्छ । साताको शूरुमा आईतबार र सोमबार चन्द्रमाको गोचर अष्टम भावमा रहने हुनाले स्वाथ्य सम्बन्धि समस्या देखिन सक्नेछ । कतिपय कार्यमा शत्रुबाधा भएर काममा रोकावट हुन सक्नेछ । मंगलबार देखि भने अवस्थामा सुधार हुनेछ । दाम्पत्य सम्बन्ध प्रगाढ रहनेछ । यो साता मिष्ठान्न भोजन प्राप्त हुनेछ । साथीभाई सँग रमाईला पल हरु व्यतित हुनेछन । नोकरीमा सफलता मिल्नेछ । व्यवसाय बाट उचित लाभ मिल्नेछ । विद्यार्थीलाई अध्ययन कार्यमा मन जानेछ । सामान्य यात्राको योग छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

धनु राशिका लागि यो साता मिश्रित रहने छ । साताको शुरुमा चन्द्रमाको गोचर सप्तम भावमा रहने हुनाले सुन्दरता एवं भोग विलासमा मन जान सक्नेछ। जिवनसाथी सँग रमाईला पल हरु व्यतित हुने योग छ । साझेदारीका कार्यबाट लाभ हुने एवं व्यापारिक कार्यका लागि यात्रा हुने योग छ । स्वास्थ्य अवस्था सकारात्मक रहनेछ । व्यापार व्यवसाय मा विस्तार हुनेछ । आम्दानीका क्षेत्रहरु बढ्दै जानेछन । नोकरी गर्ने हरुका लागि पनि सकारात्मक रहनेछ । प्रेम तथा पारिवारिक जिवन सुखद रहनेछ । विद्याथीृको पढाई भने कमजोर हुन सक्नेछ । राम्रो ध्यान दिनु आवश्यक छ । 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

मकर राशिका लागि यो साता शुभ रहेको छ । साताको शुरुमा छैठौं भावमा चन्द्रमाको गोचर रहने हुनाले शत्रुहरु पराजित हुने छन । मातृ एवं मामली पक्ष बाट साथ र सहयोग प्राप्त हुन सक्नेछ । आफ्ना सन्तान बाट सुख प्राप्त हुनेछ । यो साता तपाईको सिर्जनसिलता बढ्नेछ । तपाइको बौद्धिक क्षमताको उचित कदर हुनेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । विद्यार्थीको पढाईमा मन जानेछ । परिवारमा मेलमिलाप र शान्ति बढ्नेछ । प्रेम सम्बन्ध सुमधुर रहनेछ । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

कुम्भ राशिका लागि यो साता शुभ रहनेछ । साताको शुरुमा चन्द्रमाको गोचर पञ्चम भावमा रहने हुनाले बौद्धिक एवं सामाजिक कार्यमा सक्रियता बढ्नेछ। यो साता शारिरिक तथा मानसिक अवस्था सबल रहनेछ । सामाजिक एवं राजनितिक क्षेत्रमा तपाईको उचाई बढ्नेछ । सन्तान बाट सुख प्राप्त हुनेछ। आर्थिक अवस्था सबल रहनेछ । व्यापार व्यवसाय बाट उचित मुनामा आर्जन हुनेछ । नोकरिमा तपाईको कार्यको उचित कदर हुनेछ । आफ्ना दाजुभाई तथा परिवारका अन्य सदस्य सँग सुमधुर सम्बन्ध कायम हुनेछ । अध्ययन अध्यापन कार्य सफल रहनेछ । सहि योजना का साथ निरन्तर परिश्रम आवश्यक छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

मीन राशिका लागि साताको शुरुमा चन्द्रमाको गोचर चतुर्थ भावमा रहने हुनाले आईतबार र सोमबार केहि कमजोर दिन रहेका छन। विशेष गरि स्वास्थ्य अवस्था कमजोर हुने एवं घरायसी समस्याले चिन्ता बढ्न सक्नेछ । तर मंगलबार देखि भने अवस्थामा महत्व पूर्ण सुधार हुनेछ । धन आर्जन हुनेछ । शत्रु पराजित हुनेछन भने स्वास्थ्य अवस्था पनि यो साता सबल रहनेछ। यि दिनहरुमा साथीभाई सँग रमाइलो कुराकानी हुने, उनिहरुको साथ र सहयोग प्राप्त हुने देखिन्छ । यो साता प्रेम तथा पारिवारिक सम्बन्ध पनि सुमधुर रहनेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ ।

सोमबार २८ कात्तिक २०७९ ०५:४० AM मा प्रकाशित

प्रतिक्रिया