काठमाडौं । इजरायलले विपिन जोशी जीवित भएको प्रमाण अहिलेसम्म नभेटिएको जानकारी परिवारलाई गराएको छ । इजरायलका लागि नेपाली राजदुत धनप्रसाद पण्डितले बिबिसी नेपाली सेवासँग कुरा गर्दै इजरायलको सेनाले विपिनको परिवारसहित आफुलाई उनी जीवित नरहेको जानकारी दिएको बताएका हुन् ।
राजदुत पण्डितले इजरायली सेनाले विपिनको बारेमा जानकारी दिदै हमासले दिएको जीवित बन्धकको सूचीमा उनको नाम नरहेको जानकारी दिएको बताए । साथै सेनाले केहि जानकारी आएमा फेरी जानकारी गराउने बताएको उनले बताए ।
राजदुत पण्डितले विविसीसँग भनेका छन्- 'हमासले छोड्ने सूची इजरायल सरकारलाई दिएको, विपिन जीवित नरहेको हमासले आफुहरुलाई जानकारी दिए भनेका छन् । भिडियो कन्फेरेन्स मार्फत विपिनको बहिनिसहित मलाई जानकारी दिएको हो । हामि केहि नयाँ कुरा आयो भने फेरी जानकारी गराउछौं भनेका छन् । विपिन जीवित नभएको जानकारी गरायौं भने । बन्धकको हस्तान्तरण पछि केहि जानकारी आएमा गराउछौं भनेका छन् ।'
हमासले आफुसँग रहेका बन्धकको रिहाइ प्रक्रिया शुरु गरेको छ । अहिलेसम्म ७ जना बन्धकको रिहाइ भएको छ भने बाँकीको रिहाइ हुदैछ ।
प्रतिक्रिया