×

बुटवल भाटभटेनीमा लुटपाटमा संलग्न शिक्षक बर्खास्त

images

काठमाडौँ । बुटवलको कालिका मानवज्ञान माध्यमिक विद्यालय जेनजी आन्दोलनका क्रममा बुटवलस्थित भाटभटेनीमा लुटपाटमा संलग्न रहेका एक शिक्षकलाई बर्खास्त गरेको छ ।

विद्यालयले भदौ २४ गते विद्यालयका शिक्षक शिवशङ्कर शुक्ला सहभागि भई बुटवलको सुख्खानगर स्थित भाटभटेनी सुपर मार्केटमा भएको अनियमिततामा समेत संलग्न रहेको देखिएकाले  प्रधानाध्यापक दिनेश थापाले जानकारी दिएका छन् ।

विद्यालयले भनेको छ- मिति २०८२ साल भदौ २४ गते भएको जेनजीको प्रदर्शनमा यस विद्यालयका शिक्षक शिवशङ्कर शुक्ला सहभागि भई बुटवलको सुख्खानगरस्थित भाटभटेनी सुपर मार्केटमा भएको अनियमिततामा समेत संलग्न रहेको देखिएकाले, विद्यालयको आचरण सहिंता तथा नियम विपरित कार्य गरेको ठहरिएकाले निज शिक्षकलाई आजैको मितिदेखि लागु हुने गरी विद्यालयबाट हटाइएको व्यहोरा जानकारी गरिन्छ ।

शनिबार २८ भदौ २०८२ ०८:२१ PM मा प्रकाशित

प्रतिक्रिया