13 September 2026 / Nepal Samvat 1146 Gulaga Dwitiya
आजको पञ्चाङ्ग:
आज मिति वि. सं. २०८३ भाद्र २८ गते आइतबार, भाद्र शुक्लपक्ष द्वितीया तिथि ७:१९ बजेपछि तृतीया। हस्त नक्षत्र १४:३० बजेपछि चित्रा। चन्द्रराशि कन्या। सूर्योदय ५:४८ र सूर्यास्त ६:१३। शुक्ल योग, कौलव करण। आज जन्मने बच्चा कन्या राशिको हुनेछ।
१२ राशिको फल:
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ
काममा केही चुनौती देखिनेछन् र सोचेको फाइदा उठाउन मुस्किल पर्नेछ। वैधानिक प्रावधानले लक्ष्यमा पुग्न अप्ठ्यारो पर्नेछ। फजुल खर्च र ठगीको योग छ, होसियार रहनुहोला। विशेष योजना गोप्य राख्नु हितकर हुनेछ।
वृष - इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
समय लागे पनि निर्णायक कार्य गर्ने समय छ। पहिलेका उल्झन समाप्त हुनाले रोकिएको काम थालनी गर्न सकिनेछ। बुद्धिको उपयोगले लक्ष्यनजिक पुग्न सकिनेछ। अभिभावक तथा शुभचिन्तकहरूको साथ मिल्नेछ।
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, हा
अवसरलाई पछ्याउन नसक्दा पछि परिनेछ। बेसुरमा बोल्ने बानीले गोपनीयता भंग हुन सक्छ। साझेदारीमा समस्या आउनाले सम्झौता भंग हुन सक्छ। परिवारजनको साथ भने प्राप्त हुनेछ।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो
दाजुभाइमा असमझदारी बढ्न सक्छ। सहयोगीहरू पछि हट्नाले बढी मिहिनेत गर्नुपर्ने समय छ। व्यवसायमा सामान्य लाभ भए पनि सोचेको दाम नउठ्न सक्छ। नयाँ काम थाल्न उपयुक्त साइत पर्खनुहोला।
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे
काम बन्नाले मनग्य आम्दानी भित्र्याउने अवसर प्राप्त हुनेछ। बुद्धिको उपयोगले नाम, दाम र इनाम प्राप्त हुनेछ। कला, गला र अभिव्यक्तिले धेरैको मन जित्ने समय छ। रोकिएका काम सम्पादन हुनेछन्।
कन्या - टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आवेगको निर्णयले आँटेको काम बिग्रन सक्छ। अवसरका लागि ठूलै प्रयत्न गर्नुपर्नेछ। गोपनीयतामा ध्यान दिनुहोला। बुद्धि र विवेकको प्रयोग गरेर अघि बढ्नु राम्रो हुनेछ।
तुला - रा, रि, रु, रे, रो, ता, ति, तु, ते
शुभकार्यको चर्चा चल्नेछ। लाभदायक योजना बन्नेछ। व्यापार व्यवसायमा फाइदा होला। नोकरीमा अधिकारी वर्गबाट प्रशंसा पाइने दिन छ।
वृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु
न्यायिक कार्यमा सफलता मिल्नेछ। अधुरा कार्य पूर्ण हुने समय छ। आर्थिक पक्षमा सुधार हुनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ।
धनु - ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
भाग्यले साथ दिनेछ। धर्मकर्ममा रुचि बढ्नेछ। सामाजिक कार्यमा अग्रसर भइनेछ। रोकिएका काम बन्नेछन्।
मकर - भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, ग, गि
चुनौतीपूर्ण दिन छ। स्वास्थ्यमा ध्यान दिनुहोला। अनावश्यक विवादबाट जोगिनुहोला। गोप्य कुरा बाहिरिन सक्छ।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, दा
नयाँ कामको प्रस्ताव आउनेछ। रचनात्मक काम बन्नुका साथै मनग्गे धन आर्जन हुनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ।
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि
परिश्रमका तुलनामा प्रतिफल कम देखिनेछ। खर्च तथा विवाद बढ्ने समय छ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ।
प्रतिक्रिया