×

अमेरिकाले युक्रेनमा पुन: शुरु गर्यो हतियारको आपूर्ति

images

काठमाडौँ । अमेरिकाले युक्रेनमा हतियारको आपूर्ति शुरु गरेको छ ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकाले सैन्य आपूर्ति पुनः सुरु गरेको जानकारी दिएका छन् । अमेरिकाले गत हप्ता केही महत्त्वपूर्ण हतियारको आपूर्ति रोकेपछि युक्रेनमा हतियारको आपुर्ति सुचारु गरेको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई नेटोमार्फत हतियार पठाउने बताएका थिए । जसअन्तर्गत युक्रेनले नेटो गठबन्धनमार्फत अमेरिकी प्याट्रियट वायु रक्षा प्रणाली पाउनेछ। युक्रेनमा रुसको बढ्दो हवाई आक्रमणपछि यो निर्णय गरिएको हो । पछिल्ला दिनमा रुसले हरेक दिन सयौं ड्रोन तथा मिसायल आक्रमण गरिरहेको छ ।

आइतबार​ २९ असार २०८२ ०१:१७ PM मा प्रकाशित

प्रतिक्रिया