×

रायमाझी खोज्न नयाँ जुक्ति

images

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई खोजी गर्न प्रहरीले अर्को जुक्ति लगाएको छ । प्रहरीले रायमाझी निकटका व्यक्तिमार्फत उनीसम्म पुग्ने बाटो खोजी गर्न थालेको छ ।

यसै क्रममा शुक्रबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले रायमाझी बिरामी भएको पत्र संघीय संसद् सचिवालयमा बुझाउने व्यक्तिको पहिचान गर्न अनुसन्धान अघि बढाएको छ ।

फरार रायमाझीले आफू बिरामी भएकाले उपचाररत रहेको भन्दै बुधबार संसद् सचिवालयमा पत्र पठाएका थिए । उनका एक सहयोगीले संसद् सचिवालयमा पुगेर पत्र पेस गरेका थिए ।

तर पत्र पेस गर्ने व्यक्ति को थिए ? भन्ने खुलेको छैन । त्यही नखुलेकाले सिआइबीले ती व्यक्तिको पहिचान गर्न संसद् सचिवालयबाट पत्र बुझाउन आउँदा रेकर्ड भएको सिसिटिभी फुटेज लिएको छ । यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

शनिबार ३० बैशाख २०८० ०८:२२ AM मा प्रकाशित

प्रतिक्रिया