काठमाडौँ । काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाहले काठमाडौँको हितमा काम नगर्ने भए सिंहदरबार अरू पालिका सार्न भनेका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत उनले सिंहदरबार र राजधानी काठमाडौँबाट सार्दा कुनै कुनै आपत्ति नहुने बताए ।
उनले काठमाडौंवासीलाई सम्पदा, संस्कृति, कला, सभ्यता चाहिने तर राजनीति नचाहिने पनि बताएका छन् । ‘हामीलाई हाम्रो सम्पदा, संकृती , कला, सभ्यता चाहिन्छ , राजनीति हैन,’ मेयर शाहले भने । सरकारले काठमाडौँ महानगरका माग सम्बोधन गरेको भन्दै मेयर शाहले सिंहदरबारको फोहोर उठाउन रोक लगाएका छन् ।
मंगलबार बसेको संघीय सरकारको मन्त्रिपरिषद् बैठकले बालेनको व्यवहार अराजक र उग्र भन्दै सेचत गराउने निर्णय गरेको थियो। यो तस्बिरसहित मेयर बालेन्द्रले दिए सिंहदरबारको फोहोर नउठाउनाका १४ कारण
त्यसपछि पनि बालेनले फोहोर नउठाउने अडानबाट पछि नहट्ने जनाउ बुधबार नै दिइसकेका छन्। यस्तोमा बिहीबार उनले आफूहरुसँग मिलेर काम नगर्ने भए राजधानी नै अन्त सार्न भनेका हुन्। उनले आफूले अघि बढाएका काममा संघीय सरकारले अनावश्यक राजनीति र असहयोग गरेको गुनासो पनि गरेका छन्।
प्रतिक्रिया