×

कमल थापाले ब्युँत्याए ‘राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल’

images

काठमाडौं । पूर्व उपप्रधानमन्त्री कमल थापाले आफ्नो नेतृत्वको पुरानो पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललाई ब्युँत्याएका छन् । आइतबार एक विज्ञप्ती जारी गर्दै थापाले शुभचिन्तक र निकटस्थहरूको सुझावरसल्लाह बमोजिम पुरानो पार्टीलाई पुनर्जाग्रित गरेको जनाएका हुन् ।

तत्कालीन राप्रपा नेपालको अध्यक्ष रहँदा थापाले पशुपति शमशेर जबरा र प्रकाशचन्द्र लोहनी नेतृत्वका पार्टीसँग एकता गरी राप्रपा गठन गरेका थिए । त्यसपछि उक्त पार्टी लाक्पा तामाङको नेतृत्वमा निस्क्रिय रहेको थियो ।

लाक्पा तामाङले पनि विज्ञप्ती जारी गरेर आफ्नो अध्यक्ष पद थापालाई हस्तान्तरण गरेको जानकारी दिएका छन् । योसँगै थापा राप्रपा परित्याग गरेको एक सातामै राप्रपा नेपालको अध्यक्ष बनेका छन् ।

थापाले आफूहरुले २०७३ सालदेखि बाटो बिराएको भन्दै अहिले फेरि नियतीले ठीक ठाउँमा ल्याइ(याएको उल्लेख गरेका छन् । अब ‘हिन्दूराष्ट्र, सुशासन र समृद्धि’ राप्रपा नेपालको मूल एजेण्डा हुने थापाको भनाइ छ ।

राप्रपा नेपालको घोषणासभा आगामी फागुन ७ गते काठमाडौंमा गर्ने उनको बताएका छन् । उक्त पार्टी अध्यावधि गर्नका लागि निर्वाचन आयोगमा निवेदन दिइएको बताइएको छI 

आइतबार​ १ फागुन २०७८ ०३:१८ PM मा प्रकाशित

प्रतिक्रिया