×

पत्रकार धितालका ६ पुस्तक एकैपटक सार्वजनिक

images

काठमाडौँ, १ फागुन : पत्रकार एवं लेखक मनऋषि धितालले आफ्ना ६ पुस्तक एकैपटक सार्वजनिक गर्नुभएको छ । नेपाली जनयुद्धका अनुभूति समेटिएका ती पुस्तक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज एक समारोहबीच सार्वजनिक गर्नुभएको हो । 

    सो अवसरमा प्रधानमन्त्री दाहालले जनयुद्ध दिवसको ऐतिहासिक अवसर पारेर इतिहासलाई जीवन्त राख्न पुस्तकले सहयोग गर्ने बताउनुभयो । उहाँले पुस्तकको सफलताको शुभकामना दिनुभयो । 

    पत्रकार धितालको पुस्तक ‘जेलयात्रा’, ‘बेनीयात्रा’, ‘आधारयात्रा’, ‘राजमार्गयात्रा’, ‘पिलीयात्रा’ र ‘गण्डकयात्रा’ आज सार्वजनिक गरिएका हुन् । उहाँको यसअघि ‘गुफाप्रेसका चिठ्ठी’ पुस्तक प्रकाशित भइसकेको छ । सो अवसरमा अर्का लेखक एवं भाषा आयोगका अध्यक्ष गोपाल ठाकुरको पुस्तक ‘रामराज्यका अँध्याराहरु’ समेत प्रधानमन्त्री दाहालले सार्वजनिक गर्नुभयो ।

    लेखक धितालले जनयुद्धकालको स्मरण गर्ने उद्देश्यका साथ पुस्तक प्रकाशन गरेको जानकारी दिनुभयो । लेखक एवं भाषा आयोगका अध्यक्ष  ठाकुरले जनताको बलिदानबाट स्थापित गणतन्त्रविरुद्ध उभिन खोज्नेका बारेमा आफूले पुस्तकमा उल्लेख गरेको बताउनुभयो । उहाँको पुस्तकमा १३ कथा छन् ।

मङ्गलबार १ फागुन २०८० ०२:४४ PM मा प्रकाशित

प्रतिक्रिया