×

पत्र बुझेपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालतबाट बाहिरिए

images

काठमाडौँ : आफूविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको जानकारी पत्र बुझेपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालतबाट बाहिरिएका छन् । 

काँग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी का सांसदले आइतबार बिहान प्रधानन्यायाधीश जबराविरुद्ध संघीय संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका थिए । यसबारे सचिवालयले जबरालाई पत्रमार्फत जानकारी गराएको हो ।


संसद सचिवालयबाट आफूविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको सूचनासहितको पत्र प्राप्त भएपछि जबरा सर्वोच्चबाट बाहिरिनुभएको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए ।  महाअभियोग प्रस्ताव दर्ता भएको जानकारी पाएसँगै जबरा प्रधानन्यायाधीशबाट निलम्बित भएका छन् ।

आइतबार​ १ फागुन २०७८ ०२:४३ PM मा प्रकाशित

प्रतिक्रिया