सहकारी ठगी प्रकरण -रवि लामिछानेविरुद्ध ३ वटा कसुरमा मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन पेस गरिँदै

    images

    काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेको बयान सकिएसँगै प्रहरीले तीनवटा कसुरमा मुद्दा चलाउनुपर्ने रायसहित प्रतिवेदन पेस गर्ने भएको छ । उनीविरुद्ध प्रहरीले सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र संगठित अपराध गरेको कसुरमा मुद्दा दायर गर्न सकारी वकिललाई रायसहितको प्रतिवेदन बुझाउने भएको छ । म्याद लिन बिहीबार रविसहितका ५ जना प्रतिवादीलाई अदालतमा उपस्थित गराइँदै छ ।

    कास्की प्रहरी हिरासतमा रहेका लामिछानेको पर्साको वीरगन्जको सानोपाइला सहकारीको बयान सकिएसँगै मुद्दा दर्ताका लागि राय प्रतिवेदन तयार गरि“दै छ । २ कात्तिकमा काठमाडौंबाट पक्राउ परेका लामिछानेसँग सुरुमा कास्कीको सूर्यदर्शन सहकारी ठगी प्रकरण’bout बयान लिइएको थियो । पोखरापछि रुपन्देहीको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी र चितवनको साहारा सहकारीको रकम अपचलन’bout बयान लिइएको थियो ।

    सोमबार पोखराबाट काठमाडौं हुँदै लामिछानेलाई हवाईमार्गमार्फत पर्सा पु¥याइएको थियो । मंगलबार बयान सकिएसँगै उनलाई पर्साबाट पुनः काठमाडौं हुँदै पोखरा फर्काइयो । बुधबार दिउँसोको फ्लाइटमार्फत लामिछानेलाई पुनः कास्की पु¥याइएको हो । अब भने लामिछानेविरुद्ध अभियोजन गरेर जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दर्ता गर्नेछ । प्रहरीका अनुसार लामिछानेले बयान दिएका पाँचवटै जिल्ला अदालतमा उनीविरुद्ध मुद्दा एकसाथ दर्ता हुनेछन् । उनीसँगै पूर्वडीआईजी छविलाल जोशीसमेत प्रहरीको थुनामै छन् । उनी ६ असोजमा पक्राउ परेका थिए । प्रहरीले लामिछानेसहितका आरोपीमाथि सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दामा अनुसन्धान गरेको थियो ।

    प्रहरीले उनीहरूविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पनि अनुसन्धान गरिरहेको हुनाले ९० दिनभित्र मुद्दा अदालतमा दर्ता गरिसक्नुपर्छ । जोशी पक्राउ परेको दिनबाटै अरू ४ जनाको म्याद मिलान भएको हुनाले ५ पुसमा कास्की जिल्ला अदालतमा अभियोगपत्र दायर गर्नुपर्ने कानुनी व्यवस्था छ । सोहीअनुसार छविलाल जोशी पक्राउ परेको ८० दिन पूरा भएको छ ।

    सूर्यदर्शनको रकम अपचलनमा संलग्न आरोपमा लामिछाने, जोशी, गुल्मीको मुसिकोट नगरपालिका–४ घर भएकी लिला पछाई, तनहुँका रामबहादुर खनाल र पोखरा घर भएका कृष्ण गुरुङ प्रहरीको हिरासतमा छन् । पक्राउ परेका भन्दा बाहेक कम्तीमा ३५ जनालाई फरार प्रतिवादी कायम गर्न प्रहरीले राय दिने भएको छ ।

    पोखराको सूर्यदर्शन सहकारीका १८ हजार ७ सय ५० जना सर्वसाधारणले बचत गरेर राखेको रकम हिनामिना भएपछि जिल्ला अदालतल कास्कीले १४ जनाविरुद्ध पक्राउ पुर्जीको अनुमति दिएको थियो । जसमध्ये गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने पनि एक हुन् । सहकारीमा सर्वसाधारणले बचत गरेको रकम गोरखा मिडियाका अध्यक्ष गीतेन्द्रबाबु राई, तत्कालीन प्रबन्ध निर्देशक लामिछाने, सञ्चालक छविलाल जोशी र कुमार रम्तेलले हिनामिना गरेको प्रहरीले निष्कर्ष निकालेको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र कास्की प्रहरीले गरेको अनुसन्धानमा पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन भएको विषयमा अनुसन्धान गरिरहेको प्रहरीले सहकारीको ऋण प्रयोग गरिरहेको गोरखा मिडिया प्रालिले कम्पनी कानुनका आधारभूत मूल्यमान्यतासमेत पालना नगरेको भेटिएको जनाएको छ ।

    कुनै पनि कम्पनीहरूले आफ्नो योजना देखाएर त्यसैलाई धितो मानी बैंक तथा वित्तीय संस्थाहरूबाट ऋण लिने चलन हुन्छ, जसलाई प्रोजेक्ट लोन (परियोजना ऋण) भनिन्छ । तर, गोरखा मिडिया कम्पनीले कम्पनी ऐनकै उल्लंघन गरेको भेटिन्छ । सहकारीको रकम स्विकार्ने क्रममा गोरखा मिडियाका सञ्चालकहरूले कुनै पनि प्रक्रिया पूरा नगरेको भेटिएको छ ।

    पाँच सहकारीबाट रवि लामिछाने सेयरधनी तथा प्रबन्ध निर्देशक रहेको गोरखा मिडिया नेटवर्कमा ६५ करोड ५४ लाख रुपैयाँ गैरकानुनी रूपमा परिचालन भएको संसदीय छानबिन विशेष समितिको प्रतिवेदनमा देखाएको छ ।

    पर्साको वीरगन्जमा रहेको सानोपाइला सहकारीको अनुसन्धान पूराभएपछि रविमाथि चितवनको सहारा बहुउद्देश्यीय सहकारी संस्थाको ठगीको रकमको विषयमा रवि लामिछानेमाथि प्रहरीले अनुसन्धान गरेको थियो । सो सहकारीबाट गोरखा मिडयाको नाममा ४७ करोडबराबरको रकम कारोबार भएको देखिएको यसअघि नै संसदीय विशेष समितिले उल्लेख गरिसकेको छ । सरकारी वकिल कार्यालयले सहारा चितवन सहकारीबाट गोरखा मिडियामा गएको ४७ करोड रुपैयाँको हिसाबकिताब प्रहरीले प्राप्त गर्न नसकेको भन्दै दोस्रो चरणको अनुसन्धान गर्नुपर्ने औंल्याएको थियो ।

    राजधानी दैनिकबाट

    बिहीबार २७ मंसिर २०८१ ०७:४६ AM मा प्रकाशित

    प्रतिक्रिया