×

नबिल बैंकले ३० प्रतिशत लाभांश दिँदै

images

काठमाडौँ। नबिल बैंकले आफ्ना सेयरधनीलाई ३० प्रतिशत लाभांश दिने घोषणा गरेको छ।

आइतबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट १८.५ प्रतिशत बोनस सेयर र ११.५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।  बैंकले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेका छ। 

बैंकले गत वर्ष ३८ प्रतिशत लाभांश दिएको थियो। यस वर्ष भने लाभांश दर घटेको छ। प्रस्तावित लाभांश नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिने बैंकले जनाएको छ।

सोमबार २६ मंसिर २०७९ १०:४९ AM मा प्रकाशित

प्रतिक्रिया